२०८३ भाद्र ३१ बुधबार

पुष्प मेलामा ५० लाख बढीको कारोवार

ई आर्थिक    आइतबार, कार्तिक १८ २०७५
3.4K
Shares
पुष्प मेलामा ५० लाख बढीको कारोवार

काठमाडौँ, १७ कात्तिक : बाह्राँै गोदावरी पुष्प मेलामा आजसम्म रु ५० लाखको कारोवार भएको छ ।

नजिकिँदै गरेको तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामा फूल किन्ने तथा अवलोकन गर्नेको भीड लागेको आयोजकले जनाएको छ ।

मेलाको आज तेस्रो दिनसम्ममा ३९ हजारभन्दा बढीले अवलोकन गरेका छन् । प्रदर्शनीमा ४५० भन्दाबढी जातका फूलका ४८ वटा कक्ष राखिएका छन् । मेला आइतबार सकिँदैछ ।

प्रदेश नं ३ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि फ्लोरीकल्चर एशोसिएसनले मेला आयोजना गरेको हो ।

‘रोपेर पूmल गोदावरी सजाआँै घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ शुरु भएको प्रदर्शनीमा सबैभन्दा बढी गोदावरीका साथै तिहारमा घर सजावटका लागि प्रयोग हुने फूल बढी बिक्री भएको मेला संयोजक मीनबहादुर तामाङले जानकारी दिनुभयो ।

नेपाल निजी नर्सरी स्थापनासँगै सामान्यस्तरमा शुरु भएको पुष्प व्यवसाय गत आर्थिक वर्षको अन्त्यसम्ममा ४३ जिल्लामा विस्तार भएको छ ।

आव २०७४÷७५ सम्म आइपुग्दा ६९७ व्यवसायीले पुष्प व्यवसाय गरिरहेका छन् । सो व्यवसायले आव २०७४÷७५ मा रु एक अर्ब ८६ करोड बढीको कारोवार गरेको संयोजक तामाङको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij