२०८३ साउन ९ शनिबार

जनताको पक्षमा काम गर्न प्रमुख उपप्रमुखलाई महामन्त्री डा. कोइरालाको निर्देशन

ई आर्थिक    बिहिबार, भाद्र १४ २०७५
4.8K
Shares
जनताको पक्षमा काम गर्न प्रमुख उपप्रमुखलाई महामन्त्री डा. कोइरालाको निर्देशन

काठमाडौँ, १४ भदौ : नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले जनताको हितमा काम गर्न नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई आग्रह गर्नुभएको छ ।
काङ्ग्रेसबाट जितिएका नगरपालिकाका प्रमुख तथा उपप्रमुखको सम्मानमा आज साँझ दिनुभएको रात्रीभोजमा उहाँले भन्नुभयो, “तपाईहरुले गरेको कामको आधारमा पार्टी बलियो वा कमजोर हुन्छ, त्यसैले पार्टी बलियो हुने गरी जनअपेक्षाअनुसार काम गर्नुहोस् ।”

महामन्त्री कोइरालाले जनताले प्रत्यक्ष अनुभव हुने काम गरेमात्र काङ्ग्रेसप्रति जनताको विश्वास बढ्ने पनि बताउनुभयो । काङ्ग्रेसले मुलुकभर १९१ वटा नगरपालिका प्रमुख तथा उपप्रमुखमा जित हासिल गरेको थियो ।

सो अवसरमा काङ्ग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, प्रमुख सचेतक बालकृष्ण खाँडलगायत केन्द्रीय सदस्य, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसद, भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष तथा पदाधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij