२०८३ साउन ९ शनिबार

नेप्से प्रमुखमा अर्याल नियुक्त, आजै पद बहाली

ई आर्थिक    सोमबार, असार २५ २०७५
7.4K
Shares
नेप्से प्रमुखमा अर्याल नियुक्त, आजै पद बहाली

काठमाडौँ, २५ असार : सरकारले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश अर्याललाई जिम्मेवारी दिएको छ ।

अर्थ मन्त्रालयमा कार्यरत उपसचिव अर्याललाई तत्कालका लागि नेप्सेको प्रमुख कार्यकारीको जिम्मेवारी प्रदान गरेको हो ।

नवयिुक्त प्रमुख कार्यकारी अधिकृत अर्यालले आज आफ्नो पद बहाली गर्नुभएको हो । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अर्याललाई नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले पद तथा गोपनियताको शपथ गराउनु भएको थियो ।

शपथ ग्रहणपछि प्रमुख अर्यालले नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड, लगानीकर्ता, सदस्य एवं धितोपत्र दलाललगायतका सरोकारवालासँग कार्यशील सम्बन्ध मुलुकको आवश्यकताअनुसार पूँजी बजारको विकास, लगानीकर्ताको, स्टक एक्सचेञ्ज तथा कर्मचारीको हित प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद निर्वाचन आचारसंहिता लागू भएपछि नियुक्त गरिएका कारण सरकारको निर्णयपछि हट्नु भएको हो । यही असार २० गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख कार्यकारी अधिकृत साउदको नियुक्ति समेत खारेज गरिदिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij