२०८३ साउन ९ शनिबार

पोखरा प्रदेश ४ को स्थायी राजधानी

ई आर्थिक    मंगलबार, असार १९ २०७५
4.8K
Shares
पोखरा प्रदेश ४ को स्थायी राजधानी
लालप्रसाद शर्मा, पोखरा — पर्यटकीय शहर पोखरा प्रदेश ४ को स्थायी राजधानी भएको छ । सत्ता र प्रतिपक्षदलको समर्थनमा प्रदेशसभाको सोमबारको बैठकमा सहभागी सबै ५२ सांसदको समर्थनमा राजधानी तोकिएको हो ।

संविधानको धारा २८८ को उपधारा २ मा प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतबाट निर्णय भए बमोजिम हुनेछ भन्ने उल्लेख छ ।

सोही अनुसार कार्यवाहक सभामुख सिर्जना शर्माले तत्काल कायम सदस्यको आधारमा दुई तिहाई बहुमतले राजधानी तोकेको घोषणा गरेकी थिईन । प्रदेशसभा बैठकमा सहभागी सबै सांसदले समर्थन गरेकाले उपस्थितिका आधारमा भने ‘सर्वसम्मत’ भएको हो ।
सत्तापक्ष नेकपाका सांसद कृष्णबहादुर थापाले प्रदेश राजधानी तोक्ने विषयमा राखेको प्रस्तावलाई कांग्रेसका मणीभद्र शर्माले समर्थन गरेका थिए ।
प्रस्तावलाई सभामुख सिर्जना शर्माले निर्णयार्थ पेश गर्दै मत विभाजनमार्फत मत संकलन गरिएको थियो । सभामा उपस्थिति सबै सांसदले प्रस्तावको पक्षमा मत जाहेर गरेका थिए ।
मत सच्याउन ३ मिनेटको समय दिईए पनि कसैले सच्चाएनन् । त्यसपछि सभामुख शर्माले पोखरालाई राजधानी तोकियोस् भन्ने प्रस्तावको पक्षमा ५२ मत र विपक्षमा शुन्य मत परेको र उक्त संख्या तत्काल कायम रहेका सांसदको दुई तिहाई मत भएकाले बहुमतले पारित भएको घोषणा गरेकी थिईन ।
बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ अनुपस्थित रहे । त्यस्तै सत्तापक्ष नेकपाका जनकलाल श्रेष्ठ, जुनादेवी नेपाली, र विनोद केसी पनि आएनन् ।
सभामुख नेत्रनाथ अधिकारी बिरामी भएकाले सभामा उपस्थित भएनन् भने सभामुखको कार्यभार सम्हालेकी उपसभामुख सिर्जना शर्माले मत जाहेर गरिनन् ।
कांग्रेसका मेखलाल श्रेष्ठ पनि अनुपस्थित थिए । ६० सदस्यीय प्रदेशसभामा हाल ५९ सदस्य छन् । त्यसमा सत्तापक्ष नेकपाका ३९, कांग्रेसका १५, राष्टिय जनमोर्चाका ३ र नयाँशक्तिका २ छन् ।कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij