काठमाडौं । लगानीकर्तालाई सवल, सूुचित तथा उपयुक्त निर्णय लिन विभिन्न माध्यमबाट क्षमता अभिवृद्धिको सेवाहरुका प्रदान गर्दै आएको एनआईसी एशिया क्यापिटलले मोबाइल एप सेवाको थालनी गरेको छ ।
मोबाइल एपमार्फत प्रयोगकर्ताले आफ्नो डिम्याट खाताको सम्पूर्ण जानकारी प्राप्त गर्नुका साथै एनआईसी एशिया क्यापिटलको सामूहिक लगानी कोषको प्रति ईकाई मुल्यको जानकारी, नेप्से बजार रिपोर्टका साथै एन आई सी एशिया क्यापिटलले प्रदान गर्दै आएको बृहत सेवाका बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।
सो एन आई सी एशिया क्यापिटल मोबाइल एप हाल एण्ड्रोईडको प्ले स्टोर र केहि दिनमा एप्पल मोबाइलकोे ऐप स्टोरमा निस्शुल्क उपलब्ध हुने भएको छ । एनआईसी एशिया क्यापिटल मोबाइल एप्पमा समय सापेक्ष परिवर्तन गर्दै अत्याधिक जानकारीमूुलक सेवाहरु प्रविष्ट गर्दै जाने एन आई सी एशिया क्यापिटलका व्यापार व्यवस्थापन विभाग प्रमुख श्री राघब पोखरेलले जानकारी गराउनु भएको छ ।
उच्चतम प्रविधिको प्रयोगबाट गुणस्तरीय, किफायती र शिघ्रातिशिघ्र सेवा प्रदान गर्ने एन आई सी एशिया क्यापिटलको प्रतिबद्धताक्रमा यस मोबाइल एप ले थप मजबूती दिने विश्वास लिइएको छ । साथै सेवाग्राहीहरु सँग सामिप्यता बढाउन यस एपले महत्वपूुर्ण भूुमिका खेल्ने विश्वास प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले लिनुभएको छ ।