२०८३ साउन ९ शनिबार

सुन तस्करीका अभियुक्त छिरिङ वाङगेल घले कारागार चलान

ई आर्थिक    सोमबार, जेष्ठ २१ २०७५
5.5K
Shares
सुन तस्करीका अभियुक्त छिरिङ वाङगेल घले कारागार चलान

विराटनगर, २० जेठ : सुन तस्करीका अभियुक्त ‘डा डेविट’ भनिने छिरिङ वाङगेल घले पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलाशले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो । उनीसँग आज १० पानाको बयान लिएपछि थुनछेकको वहस भएको थियो ।

अठतीस क्विन्टल सुन तस्करी, सनम शाक्यको हत्या र अपराधिक सङ्गठन सञ्चालन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय मोरङले गत वैशाख १९ गते ६३ जनामाथि मुद्दा दर्ता गरेपछि उनी फरारका सूचीमा थिए । घलेले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij