२०८३ साउन १० आइतबार

नयाँ वर्षमा छाँया सेन्टरमा गन्तव्य नेपालले विशेष कार्यक्रम गर्ने

ई आर्थिक    बुधबार, चैत्र २८ २०७४
2.3K
Shares
नयाँ वर्षमा छाँया सेन्टरमा गन्तव्य नेपालले विशेष कार्यक्रम गर्ने

काठमाडौं । नयाँ वर्ष २०७५ को अवसर पारेर गन्तव्य नेपाल गुप्रले ठमेलको अमृत मार्गमा अवस्थित छाँया सेन्टरमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । चैत ३० र बैशाख १ गरि दुई दिन सम्म चल्ने सो कार्यक्रममा फुड फेस्टिबल, हस्तकला प्रर्दशनी, सांस्कृति कार्यक्रम सहित विभिन्न कार्यक्रमहरु संचालन गरिने जनाइएको छ ।
व्यवसायी बीच भाइचारको अभिबृद्धि, नेपाली कला, संस्कृतिको प्रवद्र्धन र साँस्कृतिकलाई बढावा दिने उद्देश्यले आयोजना गर्न लागिएको सो कार्यक्रममा ख्याती प्राप्त कलाकारहरु इन्दिरा जोशी, धिरज राई, टिका प्रसाई, लोकराज गुरुङ, रानु निरौला, सहिमा श्रेष्ठ लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । उक्त कार्यक्रममा हाँस्य कलाहारहरुको पनि प्रस्तुतिका साथै फेसन सो पनि आयोजना गरिने जनाइएको छ ।

कार्यक्रमलाई भव्य र व्यवस्थित रुपमा संचालनका लागि आवश्यक तयारी भइरहेको गुप्रले जनाएको छ । दुई दिन सम्म चल्ने कार्यक्रम चैत ३० गते मध्यान्ह १२ बजे देखि सुरु हुनेछ । गुप्रले पर्यटन व्यवसायी, विज्ञ, संगितकर्मी, पत्रकार लगायत सबैलाई सहभागिताका लागि आग्रह गरेको छ । कार्यक्रममा विभिन्न दलका नेता तथा सांसदहरुको पनि सहभागिता रहने गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij