२०८३ साउन ९ शनिबार

मुक्तिनाथ विकास बैंकको सल्यानमा एकै साथ ३ शाखा

ई आर्थिक    बिहिबार, चैत्र १५ २०७४
8K
Shares
मुक्तिनाथ विकास बैंकको सल्यानमा एकै साथ ३ शाखा

काठमाडौं । ग्रामीण क्षेत्रलाई महत्वपूर्ण कार्यक्षेत्रका रुपमा लिएको मुक्तिनाथ विकास बैंकले सल्यान जिल्लामा एकै साथ आफ्ना ३ वटा शाखा विस्तार गरेको छ । बैंकले सल्यानको थारमारे, लुहाम र श्रीनगरमा आफ्नो शाखा विस्तार गरेको हो ।

सल्यानको त्रिवेणी गाँउपालिका वडा नं. ६, लुहाम स्थित लुहाम शाखाको समुद्घाटन त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले गर्नुभयो । उद्घाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै प्रमुख अतिथि डाँगीले यस क्षेत्रका वासिन्दाको जीवनस्तर उकास्नको लागी वित्तीय संस्थाहरुको उपस्थिति बढ्नु खुशीको कुरा भएकोले लुहामबासीको सदैब साथ र सहयोग रहने बताउनुभयो ।

उक्त शाखा उद्घाटन कार्यक्रममा लुहाम वजार व्यवस्थापन समितिका अध्यक्ष खिम वहादुर रावतले बंैकको सफलताको शुभकामना सँगसँगै आफ्नै आँगनमा आएको संस्थालाई सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

उक्त शाखा समुद्घाटन कार्यक्रममा लुहाम बजार र सो आसपासका व्यापारी, समाजसेवी, कृषक र स्थानीय नागरिकहरु लगायत स्थानीय बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

त्यसै गरी बागचौर नगरपालिकामा २ मा रहेको थारमारे शाखा कार्यालयको समुद्घाटन बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त शाखाको उद्घाटनको क्रममा प्रमुख अतिथि बुढाथोकीले यस क्षेत्रमा कृषि पर्यटनको विकासका लागी वित्तीय संस्थाहरुको उपस्थिति बढ्नु खुशीको कुरा भएकोले सल्यानबासीको सदैब साथ र सहयोग रहने बताउनुभयो ।

उक्त शाखा समुद्घाटन कार्यक्रममा बागचौर, थारमारे बजार र सो आसपासका व्यापारी, समाजसेवी, शिक्षक, एफ.एम., इलाका प्रहरी कार्यालय, इलाका प्रशासन, बन कार्यालय, एनजीओ आइएनजीओका कार्यालय प्रमुख कृषक र स्थानीय नागरिकहरु लगायत स्थानीय बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

त्यस्तै बैंकले शारदा नगरपालिका वडा नं. १ मा रहेको श्रीनगरमा पनि शाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीको प्रमुख आतिथ्यता सम्पन्न भएको छ । उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुँदै प्रमुख अतिथि अधिकारीले मुक्तिनाथ विकास बैंकले सल्यान जिल्लामा ३ वटा शाखा विस्तार गरी यहाँका जनतालाई स्तरीय सेवा प्रदान गरेकोमा खुसी व्यक्त गर्नु हुँदै बैंकको स्तरोन्नति भई आउँदो दिनमा ‘क’ वर्गको बाणिज्य बैंकमा आफ्नो स्तरलाई उकास्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नु भयो ।

उक्त कार्यक्रममा सल्यान जिल्ला प्रशासन प्रमुख प्रमानन्द घिमिरे, उद्योग वाणिज्य संघ अध्यक्ष विरबहादुर चलाउने र छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष के.सी. लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

उपरोक्त कार्यक्रमहरु बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालको अध्यक्षता सम्पन्न भएका थिए भने कार्यक्रमहरुमा स्वागत मन्तव्य बैंकका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले गर्नु भएको थियो ।

स्मरणीय छ, सल्यान जिल्लामा ३ वटा शाखा हुने बैंक मुक्तिनाथ विकास बैंक मात्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij