२०८३ साउन ९ शनिबार

रेनोको नयाँ बर्षको अफर ‘रेनो रेनोत्सव’

ई आर्थिक    सोमबार, चैत्र १२ २०७४
7.7K
Shares
रेनोको नयाँ बर्षको अफर ‘रेनो रेनोत्सव’

काठमाडौं । रेनोको नेपालको लागि आधिकारीक वितरक एड्भान्स अटोमोवाइल्स प्रालिले ‘रेनो रेनोत्सव’ योजना सार्वजनिक गरेको छ । एडभान्स अटोमोवाइल्स बिशाल ग्रुप अन्र्तगतको एक कम्पनी हो ।

नयाँ बर्ष २०७५ लाई मध्येनजर राखेर सार्वजनिक गरिएको यो क्याम्पेनको ट्यागलाईन ‘खुसीयाली नयाँ बर्ष २०७५ को’ राखिएको छ ।
यस योजनामा रेनोको कार खरिद गर्ने सोच बनाएर बस्नु भएको ग्राहकहरुलाई लक्षित गरेर बिभिन्न छुटका योजना र आर्कषक सुविधाहरु ल्याएको छ । जहाँ रेनोका कार खरिदकर्ताले प्रसस्त फाइदा लिन सक्ने छन् ।

रेनोले नयाँ बर्षलाई खुसी र उल्लासमय बनाउन ल्याएको अफरमा लोड्जी मोडलमा ५,००,०००/- सम्मको छुटको अफर ल्याएको छ । साथै डस्टरको खरिदमा ३,१०,०००/- र क्विडको खरिदमा १,८०,०००/- सम्म नगद छुट कम्पनीले अफर गरेको छ ।
यसका अलावा यस योजनामा ५ बर्षसम्म निःशुल्क सर्भिस सुविधा, ३ बर्षको निःशुल्क सवारी साधन कर, फाईनान्स सुबिधा र आर्कषक मूल्यसहितको एक्स्चेन्ज सुबिधा उपलब्ध गराउने छ ।

यो नयाँ बर्षमा रेनो कार किनेर यसको स्टाइल र आरामदायी पनको फाईदा उठाउँदै नयाँ बर्षलाई उल्लासमय बनाउनु कम्पनीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij