२०८३ साउन ९ शनिबार

अर्थमन्त्रीले भने: लहडमै सेयरमा लगानी नगर्नू

ई आर्थिक    सोमबार, चैत्र १२ २०७४
2.2K
Shares
अर्थमन्त्रीले भने: लहडमै सेयरमा लगानी नगर्नू

विराटनगर : अर्थमन्त्री डा. युवराज खतिवडाले लहडका भरमा सेयरमा लगानी नगर्न सर्वसाधरणलाई आग्रह गरेका छन्। उद्योग संगठन र मोरङ व्यापार संघले आइतबार विराटनगरमा आयोजना गरेको आर्थिक विकास र समृद्धि, सरकार र निजी क्षेत्रको प्रतिवद्धता विषयक छलफलमा मन्त्री खतिवडाले यस्तो बताएका हुन्।

‘हामीले सेयर बजारलाई आफ्नै बाटोमा हिँड्न दिएका छौँ। हस्तक्षेप गरेका छैनौं। तर, बजार घटेको छ,’ मन्त्री खतिवडाले भने। अर्थमन्त्रीले अस्वभाविक रुपमा बढाइएको बजार अहिले सेयरको बढी आपूर्ति भएका कारण घट्नु अनौठो विषय नभएको स्पष्ट गर्दै कम्पनीको प्रोफाइल नहेरी लगानी नगर्न सबैलाई आग्रह गरे। उनले सेयरमा लगानी गर्नुअघि संस्थाको दीर्घकालीन अवस्थाबारे सोच्नुपर्ने प्रष्ट पारे।

‘लहडबाजीमा लगानी गर्नु हुँदैन। बजारमा थप सेयर आउँदैछन्। हाइड्रोले आइपिओ ल्याउँदैछन्। बैंकले पूँजी बढाएका छन्। सेयर थपिएको छ अनि अर्थशास्त्रको सामान्य सिद्धान्त हो आपूर्ति बढ्दा बजार मूल्य घट्छ,’, अर्थमन्त्री खतिवडाले भने। सेयर थपिने क्रमले बजार अझ घट्न सक्ने सामान्य सिद्धान्त भएकोतर्फ अर्थमन्त्रीले सचते गराए।

अर्थमन्त्रीले शेयर कस्तो चिज हो भन्ने प्रश्न गर्दै भने, ‘अन्तराष्ट्रिय बजार त घट्छ। घटबढ हुनुलाई अनौठो मान्न सकिदैन।’ अर्थमन्त्री समक्ष व्यापारीले भने मार्जिन लोन बढाउन माग गरे। मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले मार्जिन कल ५० बाट बढाएर ७० पुर्‍याउनु पर्ने बताए। भने, ‘बैंकमा सेयर धितो राखेर लिइने रकम उपलब्ध नहुँदा धेरै सेयर लगानीकर्ताको लगानी डुबेको छ।’ उनले लगानी सुरक्षित गर्ने वातावरण बनाउन अर्थमन्त्रीको ध्यानाकर्षण गरेका थिए । अन्नपूर्ण पोष्टबाट

उद्योग संगठन र मोरङले आयोजना गरेको छलफलमा सहभागी अर्थमन्त्री डा. युवराज खतिवडा। तस्बिर : कुमार लुइँटेल

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij