२०८३ साउन १२ मंगलबार

लक्ष्मी ग्रुपले बिन्ध्यवासिनी मन्दिरमा लिफ्ट निर्माण गर्दै

ई आर्थिक    बिहिबार, पौस ६ २०७४
3.1K
Shares
लक्ष्मी ग्रुपले बिन्ध्यवासिनी मन्दिरमा लिफ्ट निर्माण गर्दै
पोखरा– उद्योग व्यवसायका क्षेत्रमा क्रियाशील जिल्लाको प्रतिष्ठित औद्योगिक प्रतिष्ठान लक्ष्मी ग्रुपले पोखराको बिन्ध्यवासिनी मन्दिरमा वृद्धवृद्धा एवम् अशक्तलाई लक्षित गरी लिफ्ट निर्माण गरिदिने भएको छ ।

लक्ष्मी ग्रुप ४५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले करिब रु ८० लाखको लागतमा लिफ्ट निर्माण गर्न लागेको बताए ।

कार्यक्रममा लक्ष्मी ग्रुपका तर्फबाट कार्यकारी निर्देशक सुनिल श्रेष्ठ र बिन्ध्यवासिनी क्षेत्र विकास समितिका उपाध्यक्ष पवित्रराज रेग्मीले लिफ्ट निर्माणसम्बन्धी सम्झौतामा संयुक्त हस्ताक्षर गरेका छन् ।

सोही अवसरमा पोखरेली युवा सांस्कृतिक परिवारलाई समता सांगीतिक कार्यक्रम सञ्चालनार्थ उक्त संस्थाले रु दुई लाख ५० हजार सहयोग उपलब्ध गराउने पनि जानकारी दिइएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठ, बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठ लगायतले लक्ष्मी ग्रुपले उद्योग व्यवसाय सञ्चालनका साथै सामाजिक सहयोगका क्षेत्रमा देखाएको तत्परता प्रशंसायोग्य भएको बताए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij