वैद्य, बाबुराम र विप्लव माओवादीमा नफर्किए अस्तित्व समाप्त
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माओवादीबाट अलग भएकाहरु छिट्टै माओवादी केन्द्रमा फर्किने दावी गरेका छन् । उनले देशभर ध्रुबीकरण तथा माओवादी केन्द्रमा प्रबेश गर्ने लहर चलिरहेकोले मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरु माओवादी केन्द्रमा नफर्किए उनीहरुको अस्तित्व समाप्त हुने ठोकुवा गरे । सम्पूर्ण माओवादीबीच एकता भएमात्र सिंहदरवारको अधिकार जनताले घरदैलोमा पु¥याउन सकिने पनि बताए ।
माओवादीले अस्थित्व समाप्त भएका कांग्रेस—एमालेलाई वचायो !
अध्यक्ष प्रचण्डले माओवादीले अस्थित्व समाप्त भइसकेका कांग्रेस, एमाले लगायतका दलहरुलाई बचाएको जिकिर गरे । ‘कांग्रेस र एमालेको अस्तित्व समाप्त भइसकेको बेला आफूले नेतृत्व गरेको माओवादी पार्टीले रक्षा गरेर यहाँसम्म ल्यायो ।’ प्रचण्डले भने,‘माओवादीले कांग्रेस र एमालेको रक्षा नगरेको भए नेपालमा गणतन्त्र आउने थिएन ।’
बाँकेले कोहलपुरमा आयोजित पार्टी ध्रुविकरण कार्यक्रममा प्रचण्डले २ नं. प्रदेशका जनताले माओवादीलाई पहिलो पार्टी बनाउन चाहेको तर विदेशी शक्तिका कारण सोचेजस्तो परिणाम आउन नसकेको आरोप लगाए ।
उनले अवको ८ देखि १० वर्षभित्र माओवादी केन्द्रले मुलुकमा समाजवादी क्रान्ति गरेर नेपालमा रहेका जनजाति, मधेसी, दलित र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने बताए ।
प्रचण्डले भने,‘माओवादीले नेपालमा रहेको निरंकुश एकात्मक सत्ताको अन्त्य गरी देशमा गणतन्त्र ल्यायो । संघीयता, समानुपातिक/समाबेशीसहितको लोकतन्त्र ल्यायो । देशलाई धर्म निरपेक्ष राज्य घोषणा गर्न सफल भयो ।’
माओवादी केन्द्रका ५ नं. प्रदेश इन्चार्ज वर्षमान पुनले दलित, जनजाति, आदिवासी, मधेसी समुदायको अधिकार स्थापित गरि सम्बृद्ध नेपाल बनाउने अभियानमा लागेको बताए । पार्टीले चालेको अभियान सफल पार्न नेपालमा रहेका क्रान्तिकारी कम्युष्टि पार्टी एकजुट हुनुपर्ने धारणा राखे ।
विप्लवले नेतृत्व गरेको नेकपा माओवादीका नेता अशोक रोकाय, नयाँ शक्ति पार्टीका नेता दुर्गाप्रसाद चौधरी लगायत विभिन्न राजनीतिक दलका नेताकार्यकर्तालाई माओवादीमा प्रवेश गरेका छन् । नयाँ पत्रिका