त्यस्तै, राजपाकै उपप्रमुख पदमा यादवले दुई हजार ९६२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अनुपन सिंहले एक हजार ९ सय ७३ मत प्राप्त गरेका छन् ।
यसैबीच, गाउँपालिका प्रमुखमा निर्वाचित भएका सिंहले निर्वाचित भएलगत्तै झाडू बोकेर मतगणना स्थलमा रहेको अत्यधिक फोहोरलाई सफा गरेका छन् । अविरले रंगिएका उनी आफैँ मतगणनास्थलमा रहेको फोहोर सफा गर्ने कार्यमा जुटेको बताइएको छ ।
खडक नपा–१० को मतगणना पुनःशुरु
यसैबीच, खडक नगरपालिकाको वडा नं १० को मतगणना पुनः आजदेखि शुरु भएको छ ।
मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र खसेको भन्दै नेकपा (एमाले), राजपा, संघीय समाजवादी फोरम नेपाललगायत दलका उम्मेदवार र प्रतिनिधिले मतगणनामा सहभागी नहुने अडान लिएपछि त्यहाँ मतदान अवरुद्ध थियो ।
निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्रका विषयमा विवाद मिलेपछि आज साँझदेखि पुनः मतगणना शुरु भएको स्थानिय वीरेन्द्र साहले जानकारी दिए ।
खडक नगरपालिका–१० को मतगणनाका क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएको १० वटा मतपत्र भेटिएपछि केही दलका प्रतिनिधिले मतगणना बहिष्कार गरेकाले हिजो साँझ ६ बजेदेखि त्यहाँ मतगणना अवरुद्ध भएको थियो ।