२०८३ साउन ९ शनिबार

जबर्जस्ती जहाज घुसाएपछि ग्रिनकार्डधारी पाइलट शेर्पा ‘ग्राउन्डेड’

ई आर्थिक    बुधबार, असोज ४ २०७४
6K
Shares
जबर्जस्ती जहाज घुसाएपछि ग्रिनकार्डधारी पाइलट शेर्पा ‘ग्राउन्डेड’

४ असोज, काठमाडौं । काठमाडौंमा अवतरण गर्ने अन्तिम तयारीमा रहेको एक अन्तराष्ट्रिय वायुसेवा कम्पनीको जहाजको अवतरणमार्गमा जबर्जस्ती आफ्नो जहाज घुसाएपछि नेपाल वायुसेवा निगमका अमेरिकी ग्रिनकार्डधारी पाइलट आङनुरी शेर्पा जहाज उडाउन नपाउने गरी ग्राउन्डेड भएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गत भदौ १२ गते भएको उक्त घटनालाई वायुसेवा निगम व्यवस्थापनले गुपचुप राखे पनि अहिले सार्वजनिक भएको खबर आजको नागरिकमा छ ।

विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोल (एटिसी) टावरले अवतरण अनुमति नदिए पनि निगमका पाइलट शेर्पाले आफूले कमान्ड गरी ल्याएको जहाजलाई जबर्जस्ती अर्को विदेशी जहाजको अवतरणमार्गमा प्रवेश गराएका थिए । आजको नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij