२०८३ साउन ९ शनिबार

‘विदेशबाट सिकेको सीप र विप्रेषण उपयोगी कार्यक्रम आवश्यक’

ई आर्थिक    सोमबार, असोज २ २०७४
3.7K
Shares
‘विदेशबाट सिकेको सीप र विप्रेषण उपयोगी कार्यक्रम आवश्यक’

२ असोज, काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका कामदार तथा उनीहरुले आर्जन गरेको सीपको आधारमा क्षेत्रगत प्राथमिकता र रोजगारी सिर्जनाको रणनीति राज्यले बनाउनुपर्नेमा एक अध्ययन प्रतिवेदनले औँल्याएको छ ।

सोलिडारिटी सेन्टरले ‘जस्टजब’ नेटवर्कसँगको सहकार्यमा आज सार्वजनिक गरेको ‘नयाँ नेपालको परिकल्पना ः श्रम आप्रवासन र पुनःनिर्माण सापेक्ष रोजगारी सिर्जना’ प्रतिवेदनमा वैदेशिक रोजगारीबाट फर्किएकाको श्रम बजार अनुभव र सीपलाई आर्थिक वृिद्ध र रोजगारीको अवसरहरुको प्रवद्र्धन गर्ने उद्देश्यसहितका कार्यक्रम राष्ट्रिय रणनीतिमा समावेश गरिनुपर्ने उल्लेख छ ।

ग्रिगोरी ¥याण्डोल्फ र प्राची अग्रवालले संयुक्त रुपमा तयार पारेको पतिवेदनमा विदेशमा सिकेको सीपलाई स्वेदशमा प्रमाणिकरण कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै भारतलगायत मुलुकले कामदारले रोजगारिको सिलसिलामा सिकेको सीपलाई मान्यता दिने कार्यक्रम गरिरहेको औँल्याएको छ ।

प्रतिवेदनमा नेपालीले वैदेशिक रोजगारीको क्रममा लामो अनुभव र नयाँ सीपसहित स्वदेश फर्किए पनि त्यसले औपचारिक मान्यता नपाउँदा समस्यापर्ने गरेको उल्लेख छ । नेपालीहरु स्वदेश फर्किएपछि विशेषगरी पर्यटन, होटल, व्यवसाय, आधुनिक खेती, सिँचाइ साथै लघु जलविद्युत् आयोजनमा लगानी गर्न उत्साहित रहेको देखिएकाले विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नीति सरकारले ल्याउनुपर्नेमा प्रतिवेदनले जोड दिएको छ ।

समुदाय प्रभावी प्रतिज्ञापत्र, नेपाली प्रवासी कामदारद्वारा स्वदेशमा सञ्चालित उत्पादनमूलक कम्पनीको समपुरक लगानीजस्ता कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको जनाइएको छ । भूकम्पपछिको पुनःनिर्माण प्रक्रियालाई रोजगार सम्पन्न दिगो र समावेशी विकासको दिशातर्फ लैजान प्रयोग गर्नुपर्ने, मानवीय पुँजी लगानीमा केन्द्रीत आर्थिक विकासका कार्यक्रम निर्माण गर्नुपर्ने, पुनःनिर्माणलाई आर्थिक गतिविधिको सवलीकरण गर्न र निर्माण क्षेत्रभन्दा बाहिर रहेका अर्थ व्यवस्थाका अन्य क्षेत्रमा उचित तथा गुणस्तरीय रोजगारी सिर्जना गर्ने अवसरको रुपमा प्रयोग गर्नुपर्ने सुझाव प्रतिवेदनले दिएको छ ।

एकातर्फ भूकम्प प्रभावित जिल्लामा पुनःनिर्माणका लागि कामदार अभाव रहेको र अर्कोतर्फ ती जिल्लाबाट वैदेशिक रोजगारीमा जाने क्रम नघट्दा पुनःनिर्माण सुस्तगतिमा अघि बढेको तर्फ प्रतिवेदनमा चिन्ता प्रकट गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक डा गोविन्दराज पोखरेलले आज सार्वजनिक भएको प्रतिवेदन निकै उपयोगी रहेको र आगामी दिनमा कार्यक्रम बनाउँदा यसले समेटेका विषयले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पुनःनिर्माणको लागि अदक्ष कामदार भेटिए पनि आवश्यकता अनुसार दक्ष कामदार नभेटिएको भूकम्प प्रभावित जिल्लाका सबै स्थानीय तहमा तीन÷तीनवटा सीपमूलक तालीमको कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

कार्यक्रममा सोलिडारिटी सेन्टर श्रीलंकका देशीय निर्देशक एलोञ्जो सुसोनले विप्रेषणको निर्भरताबाट निस्कदै स्वदेशमा रोजगारीको सिर्जना गर्नेतर्फ नेपालले कार्यक्रम ल्याउन आवश्यक रहेको धारणा राख्नुभयो ।

संयुक्त ट्रेडयुनियन समन्यव केन्द्रका अध्यक्ष गणेश रेग्मी, दक्षिण एशियाली क्षेत्रीय ट्रेड युनियन समन्यव केन्द्रका महासचिव लक्ष्मण बस्नेत, नेपाल ट्रेड युनियन काँगेसका अध्यक्ष खिलनाथ दाहाल लगायतले विदेशमा जस्तोसुकै काम गर्न तयार हुने तर स्वदेशमा त्यही काम नगर्ने संस्कृतिको अन्त्य गर्दै श्रमको सम्मान गर्ने परिपाटीको विकास हुन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij