२०८३ साउन ११ सोमबार

प्रदेश प्रमुख नियुक्तिमा ढिलाइ : मुख्यमन्त्री र मन्त्री कहाँ बस्ने ?

ई आर्थिक    आइतबार, असोज १ २०७४
2.8K
Shares
प्रदेश प्रमुख नियुक्तिमा ढिलाइ : मुख्यमन्त्री र मन्त्री कहाँ बस्ने ?

१ असोज, काठमाडौं । निर्वाचन आयोगले संघीय संसद् र प्रदेशसभा निर्वाचनको तयारी तीव्र गतिमा अगाडि बढाइसक्दा पनि सरकारले प्रदेश प्रमुख नियुक्ति प्रक्रिया सुरु गर्न सकेको छैन।

संघीय संसद् र प्रदेशसभाको निर्वाचन मंसिर १० र २१ गते हुँदै छ। अबको तीन महिनाभित्र प्रदेशमा मुख्यमन्त्री र मन्त्रीहरू छानिएर आइसक्छन्। तर, सरकारले मुख्यमन्त्री र मन्त्री बस्ने स्थानको समेत हालसम्म टुंगो लगाउन सकेको छैन। प्रदेशको केन्द्रसम्म नतोकिइसकेको अवस्थामा प्रदेश संसद् कहाँ राख्ने भन्ने विषय त चर्चामै आएको छैन।

यस्तो छ कानुनी व्यवस्था
संघ, प्रदेश र स्थानीय तहको व्यवस्था गर्दै संविधान जारी भएको दुई वर्ष बित्न लाग्दासमेत सरकारले प्रदेश संरचनाको कुनै पनि कार्य अगाडि बढाउन सकेको छैन। संविधानको धारा १६३ मा प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिका रूपमा प्रदेश प्रमुख रहने र राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने व्यवस्था छ।

प्रदेश प्रमुखले नै प्रदेशसभाका बहुमतप्राप्त संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद् गठन हुने कानुनी व्यवस्था छ। संघीय संसद् र प्रदेशसभा निर्वाचनलगत्तै पुस पहिलो सातासम्म प्रदेश मन्त्रिपरिषद् गठन भइसक्छ। तर, सातवटै प्रदेशमा त्यसका लागि कुनै पनि संरचना बन्न सकेको छैन।

मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले प्रदेश प्रमुख र प्रदेश सचिवालय निर्माण कार्यमा केही ढिलाइ भइरहेको स्विकारे। यस विषयमा छलफल थालिए पनि कामले खासै गति लिन नसकेको उनले जानकारी दिए। सामान्य प्रशासनमन्त्रीको अध्यक्षतामा रहेको अधिकारसम्पन्न प्रशासन पुनःसंरचना समितिले प्रदेश प्रमुखको मापदण्ड भने बनाइसकेको छ। मापदण्ड बनाइए पनि प्रदेशमा के-कस्तो संरचना रहने र प्रदेश प्रमुखको सचिवालयलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे गृहकार्य सुरु भएको छैन। आजको अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij