१ असोज, नेपालगञ्ज । राजनीतिक दलका नेता तथा कार्यकर्ता अब हुल बाँधेर शिर्ष नेता या प्रधानमन्त्री जिल्ला आउँदा स्वागतका लागि विमानको ढोकासम्म पुग्न नपाउने भएका छन् ।
भीभीआईपी, भीआईपी आउँदा कार्यकर्ता, शुभचिन्तकको भिडले सुरक्षा खतरा बढेको भन्दै विमानस्थल व्यवस्थापनले पास लिएर मात्र प्रवेशको व्यवस्था गरेको हो ।
भीभीआईपी आउँदा १० र भीआईपी आउँदा पाँच जनाले मात्र अब विमानस्थलमा स्वागतका लागि प्रवेश पाउने बताइएको छ ।
भीआईपी आउँदा अति विशिष्ट कक्षमा पत्रकार सम्मेलन गर्न पनि रोक लगाइएको छ । आजको अन्नपूर्ण पोस्टबाट