२०८३ साउन ९ शनिबार

अपराध गरी फरार हुने अभियुक्तको राहदानी रद्द गरिने

ई आर्थिक    बिहिबार, भाद्र २९ २०७४
3.8K
Shares
अपराध गरी फरार हुने अभियुक्तको राहदानी रद्द गरिने

२९ भदौ, काठमाडौं । अपराध गरेर विदेसिएकालाई स्वदेश फिर्ता ल्याउन नेपाल प्रहरीले उनीहरूको राहदानी नै रद्द गर्ने प्रक्रिया अघि बढाएको छ।

अदालतबाट दोषी ठहरिएका, पुर्पक्षको आदेश दिइएका र अनुसन्धानका क्रममै भागेका अपराधीलाई नेपाल फिर्ता गर्न परराष्ट्र मन्त्रालय र सम्बन्धित देशको कानुन कार्यान्वयन गर्ने निकायमार्फत अनुरोध गरेको हो।

बैंकिङ कसूर, वन्यजन्तु अपराध, मानव तस्करी, साइबर अपराधलगायतका कसूरमा संलग्न भइ भागेका अभियुक्त फिर्ता गर्न सीआइबीले परराष्ट्र मन्त्रालयमार्फत विभिन्न मुलुकसँग कूटनीतिक पहल थालेको हो।

ब्युरो प्रमुख पुस्कर कार्कीले बिभिन्न अपराधमा संलग्न रही विदेशमा बस्दै आएका व्कयत्को राहदानी रद्द गरी नेपाल फिर्ता गर्न सम्बन्धित मुलुकलाई कूटनीतिक माध्यमबाट आग्रह गरिएको बताए। ब्युरोले त्यस्ता व्यक्तिको हुलिया र कसूर गरेको विवरण प्रहरी प्रधान कार्यालयबाट गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालय पुगिसकेको छ।आजको कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij