२०८३ साउन ९ शनिबार

आर्थिक पत्रकार समाजमा पुष्पराज आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति, सबै पदमा निर्वाचन

ई आर्थिक    आइतबार, भाद्र १८ २०७४
7.6K
Shares
आर्थिक पत्रकार समाजमा पुष्पराज आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति, सबै पदमा निर्वाचन

काठमाडौँ । नेपालका आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा पुष्पराज आचार्य चयन भएका छन । सेजनको १८ औं वार्षिक साधारणसभाले आचार्य सहितको नयाँ कार्यसमितिलाई चयन गरेको हो ।

आचार्यले मोदनाथ ढकाललाई पराजित गरेर अध्यक्षमा चुनिएका हुन् । आचार्यले ११८ मत पाएका थिए भने ढकालले १०६ मत पाएका छन् ।
त्यसैगरी उपाध्यक्षमा प्रभात भट्टराई १३७ मतका साथ विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी रामराजा श्रेष्ठले ८८ मत पाए ।

सो नयाँ कार्यसमितिको महासचिवमा भीम गौतम १०६ मतका साथ विजयी भए भने उनका प्रतिस्पर्धीहरु जनार्दन बरालले ७० र अनुजराज ढुंगेलले ४९ मत पाए । सचिवमा सुजन ओली १३० मत पाएर विजयी भए भने निकट प्रतिस्पर्धी नवीन अर्यालले ९२ मत पाएका थिए ।

त्यस्तै कोषाध्यक्षमा भागवत भट्टराई १२३ मत पाएर विजयी भएका छन । भट्टराईका निकट प्रतिस्पर्धी सरस्वती ढकालले ९८ मत प्राप्त गरिन ।
त्यसैगरी सदस्यहरुमा एलिजा उप्रेतीले १५७, हिमाल पौडेलले १४५ मत, सागर घिमिरेले १२८, कृष्ण रिजालले १०९ र शिव बोहराले ९९ मत ल्याएर विजयी भए । अन्य प्रतिस्पर्धी सदस्य मध्ये परमेश्वर अधिकारीले ९८ मत ल्याए । १ मतको फरक भएका अधिकारीले पुनः मत गणनाको लागि निवेदन दिएका छन् ।

सेजनको विद्यान अनुसार उक्त पुनः मत गणानाको जिम्मेवारी कार्यसमितिलाई दिइएको छ । त्यस्तै सदस्यका अर्का निकटतम प्रतिद्वन्दी लेखनाथ पोखरेलले ९६ प्राप्त गरे । त्यसैगरी सदस्यका अर्का उम्मेदवार सुमन पन्तले ६५ प्राप्त गरेका थिए ।

तोकिएका पद भन्दा बढी उम्मेदवारका आकांक्षी भएकाले निर्वाचनको माध्यमवाट नयाँ कार्यसमितिको चयन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij