२०८३ साउन ९ शनिबार

यस्ता छन् राज्यमन्त्रीका तलब र सुविधा

ई आर्थिक    बुधबार, भाद्र ७ २०७४
2.7K
Shares
यस्ता छन् राज्यमन्त्रीका तलब र सुविधा

७ भदौ, काठमाडौँ। राज्यमन्त्रीको तलब मासिक ६० हजार रुपैयाँ छ।

ती अधिकारीका अनुसार पुल्चोकस्थित मन्त्री निवासभित्र १९ वटामात्र आवास छन्। यी आवासमा नअटाउने मन्त्री र राज्यमन्त्रीका लागि सहरी विकास मन्त्रालयले घर भाडामा खोजिदिएर राखिदिने गरेको छ।

सरकारले भाडाबापत मन्त्रीलाई मासिक ५० हजार र राज्यमन्त्रीलाई ४० हजार रुपैयाँ दिने गरेको छ। सहरी विकास मन्त्रालयले मन्त्रीहरूलाई भाडाको घरमा फर्निसिङका लागि एकमुष्ट २ लाख रुपैयाँ दिनुका साथै सुरक्षा पोस्ट र गार्ड घरसमेत निर्माण गरिदिने गरेको छ। भाडाको घरमा बनाइने सुरक्षा पोस्ट र गार्ड घर निर्माणका लागि मन्त्रालयले छुट्टै खर्च गर्नुपर्ने ती अधिकारीले बताए।

सरकारले प्रत्येक राज्यमन्त्रीको स्वकीय सचिवालयका लागि उपसचिव, शाखा अधिकृत, नायब सुब्बा, दुई चालक र दुई कार्यालय सहयोगीका लागि तलबसुविधा उपलब्ध गराउँछ। एउटा राज्यमन्त्रीको स्वकीय सचिवालयका कर्मचारी लागि मात्र मासिक ३ लाख रुपैयाँभन्दा खर्च हुन्छ। राज्यमन्त्रीहरूले गृह मन्त्रालयबाट एउटा, आफ्नो मन्त्रालयबाट एउटा र स्वकीय सचिवका लागि एउटा गरी कम्तीमा तीनवटा गाडी लाने गर्छन्। कानुनी रूपमा भने राज्यमन्त्रीले एउटा मात्र गाडी पाउँछन्। अनधिकृत रूपमा प्रयोग गरिने तीनवटा गाडीका लागि चालक, इन्धन, मोबिल र मर्मत खर्चका नाममा महिनाको डेढ लाखभन्दा बढी खर्च हुने जानकारीसमेत ती सरकारी अधिकारीले दिए। मन्त्रीहरूले बिजुली, पानी, टेलिफोनको खर्च बिलबमोजिम लिने गर्छन्। त्यो खर्च नै प्रतिमन्त्री प्रतिमहिना २० हजार रुपैयाँभन्दा बढी हुने गरेको छ।

राज्यकोषमा हरेक महिना १० करोडभन्दा बढीको व्ययभार दुई दिनको अन्तरालमा २३ राज्यमन्त्री थपेर इतिहासकै ‘जम्बो मन्त्रिपरिषद्’ बनाएपछि राज्यकोषबाट प्रतिमहिना १० करोड रुपैयाँभन्दा बढी प्रशासनिक खर्च बढ्ने भएको छ।

नयाँ २३ राज्यमन्त्रीका लागि मासिक तलब, घरभाडा, एकमुष्ट फर्निसिङ खर्च, सुरक्षा पोस्ट, गार्ड घर, तीनवटासम्म गाडी, उपसचिवसहित ७ कर्मचारीसहितको स्वकीय सचिवालयका लागि त्यति रकम खर्च हुने सरकारी अधिकारीहरूले जानकारी दिए।

राज्यमन्त्री

श्री मोहम्मद जाकिर हुसेन -महिला, बालबालिका तथा समाजकल्याण – –
-श्री रामसिंह यादव -स्वास्थ्य – –
श्री श्यामकुमार श्रेष्ठ -गृह – –
श्री शम्भुलाल श्रेष्ठ -ऊर्जा – –
श्री कर्णबहादुर बि.क. -आपूर्ति – –
श्री छमबहादुर गुरुङ -सहरी विकास – –
श्री गोमा कुवर -पशुपंक्षी विकास – –
श्री वाङदी शेर्पा -सामान्य प्रशासन – –
श्री सीता गुरुङ -भौतिक पूर्वाधार तथा यातायात – –
श्री सरिता प्रसाई -कृषि विकास – –
श्री शेषनाथ अधिकारी -शिक्षा – –
श्री नरबहादुर चन्द -वाणिज्य – –
श्री अब्दुल रज्जाकगद्दी -खानेपानी तथा सरसफाई – –
श्री तप्तबहादुर विष्ट -सूचना तथा सञ्चार – –
श्री अमरसिंह पुन -सिँचाइ – –
श्री दिलमान पाख्निन -कानुन, न्याय, तथा संसदीय मामिला – –
श्री उदयशम्सेर राणा -अर्थ – –
श्री डिल्लीबहादुर चौधरी -श्रम तथा रोजगार – –
श्री तेजुलाल चौधरी -युवा तथा खेलकुद – –
श्री चम्पादेवी खड्का -सहकारी तथा गरिबी निवारण – –
श्री जनकराज चौधरी -सङ्घीय मामिला तथा स्थानीय विकास – –
श्री सुमित्रा थरुनी -संस्कृति, पर्यटन तथा नागरिक उड्डयन – –
श्री यसोदा कुमारी लामा -भूमिसुधार तथा व्यवस्था

-आजको कान्तिपुर दैनिक बाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij