२०८३ असोज १ बिहिबार

आचारसंहिता लागू भएपछि ५९ कर्मचारी सरुवा

ई आर्थिक    शनिबार, भाद्र ३ २०७४
4K
Shares
आचारसंहिता लागू भएपछि ५९ कर्मचारी सरुवा

३ भदौ, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचन आचारसंहिता लागू भइसकेपछि बिहीबार एकैपटक ५९ जना कर्मचारीलाई काज सरुवा गरेको छ । प्रदेश नम्बर २ मा २ असोजमा सम्पन्न हुने स्थानयि तहको निर्वाचनका लागि आचारसंहिता लागू भइसकेको छ ।

निर्वाचन आयोगले १ भदौदेखि त्यस क्षेत्रमा निर्वाचन आचारसंहिता लागू भएको घोषणा गरेको छ ।

मन्त्रालयले अदालतको आदेशानुसार थपिएका स्थानीय तह १ भदौबाट मात्र कार्यान्वयनमा आएकाले कर्मचारी नियुक्त पनि सोही अनुसार गर्नुपरेको बताएको छ । ‘नयाँ स्थानीय तहका कार्यालय १ भदौदेखि मात्र कार्यान्वयनमा आएको छ । निर्वाचन प्रयोजनका लागि पनि कर्मचारी पठाउनु पर्ने भएकाले आयोगकै सहमतिअनुसार कर्मचारी खटाएका हौं,’ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले भने । अाजकाे नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij