२०८३ साउन ९ शनिबार

राहत, उद्धार तथा पुनःस्थापनामा जुट्न प्रचण्डको आह्वान

ई आर्थिक    बिहिबार, भाद्र १ २०७४
2.7K
Shares
राहत, उद्धार तथा पुनःस्थापनामा जुट्न प्रचण्डको आह्वान

१ भदौ, धनुषा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ नं प्रदेशमा बाढीका कारण निकै नै क्षति भएकाले सबै दलले संकल्प लिई राहत र उद्धारमा जुट्न आह्वान गर्नुभएको छ ।

आज धनुषाको मिथिलेश्वर मौवाहीमा हुन लागेको शहीद चन्देश्वर मण्डलको स्मृति दिवसका अवसरमा शालिक अनावरण कार्यक्रममा सहभागी हुन आउनुभएका पूर्व प्रधानमन्त्रीसमेत रहनुभएको अध्यक्ष प्रचण्डले जनकपुर विमानस्थलमा संक्षिप्त कुराकानी गर्दै यस्तो समयमा कुनै पनि दलले प्रतिपक्षीको भूमिका निर्वाह नगरी सबै मिलेर बाढीपीडितको उद्धारमा लाग्नुपर्नेमा जोड दिनुभयो । बुधबार बसेको सर्वदलीय बैठकमा पनि आफूले उनीहरुको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कार्य गर्न आग्रह गरेको जानकारी गराउँदै प्रचण्डले पहाडका जनता पनि सहयोग गर्न आतुर रहेको बताउनुभयो ।

पहाडमा भूकम्प जाँदा भूकम्पपीडितलाई तराई मधेशका जनताले दिल खोलेर सहयोग गरेको स्मरण गराउँदै उहाँले तराई मधेशका जनतालाई परेको विपद्को परिस्थितिमा सहयोग गर्नका लागि आह्वान गर्नुभयो ।

एक अर्को प्रश्नमा अध्यक्ष प्रचण्डले संविधान संशोधन विधेयक आउँदो ५ गते पारित हुने विश्वास व्यक्त गर्नुभयो । नेकपा (एमाले)ले संविधान संशोधनमा समर्थन नजनाए पनि संविधान संशोधन विधेयकलाई निष्कर्षसम्म पु¥याउन सकारात्मक रहेको उहाँको भनाइ थियो ।

उहाँले दलहरु आफ्नो पछिल्लो पोजिसनबाट पछि हटेनन् भने संविधान संशोधन विधेयक पारित हुने दाबी गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij