१ भदौ, काठमाडौं । कैलालीको पाण्डवगुफा–८ गोत्रीका हंस नेपाली आफ्नो फर्मको कर तिर्न आन्तरिक राजस्व कार्यालय धनगढी आएको पाँच दिन भइसक्यो । सृष्टि निर्माण सेवा सञ्चालन गरेका उनले वार्षिक १ हजार ५ सय कर तिर्नुपर्छ ।
सो रकम तिर्न उनले धनगढीमा धेरै नै प्रयास गरिसकेका छन् । तर, सफल भने हुन सकेका छैनन् । राजस्व्बापत तिर्नुपर्नेभन्दा धेरै बढी ३० हजार रुपैयाँ खर्च भइसकेकाले उनी आजित भइसकेका छन् । त्यति मात्र होइन, राजस्व रकम तिर्ने दिन निश्चित भइनसकेकाले उनी थप पीडामा छन् ।
सुदूरपश्चिमका पहाडी जिल्लाका स्थानीयलाई कर तिर्न र कर चाुक्ताको प्रमाणपत्र लिन धनगढी र महेन्द्रनगर जानुपर्ने बाध्यता छ । तर, धनगढी र महेन्द्रनगर आउन मात्रै उनीहरुलाई पाँच दिनजति लाग्छ । अर्को कुरा ती ठाउँमा आए पनि सजिलै राजस्व तिर्न सकिन्न । राजस्व तिर्दा ठूलै युद्ध जितेको अनुभव गर्नुपर्ने बाध्यता छ । आजको राजधानी दैनिकबाट