२०८३ साउन ११ सोमबार

गृह र आपूर्तिमन्त्रीसहित राहत वितरण गर्न प्रचण्ड सप्तरीमा

ई आर्थिक    बुधबार, साउन ३२ २०७४
4.9K
Shares
गृह र आपूर्तिमन्त्रीसहित राहत वितरण गर्न प्रचण्ड सप्तरीमा

३२ साउन, काठमाडौं। राहत वितरण गर्न माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सप्तरी पुगेका छन् ।

अध्यक्ष प्रचण्ड गृहमन्त्री जनार्दन शर्मा र आपूर्ति मन्त्री शिवकुमार मण्डलसहित सप्तरी पुगेका हुन् । राजविराजसम्म हेलिकोप्टरमा आएका प्रचण्डले हनुमाननगर कन्काई नगरपालिका– १२ का बाढी पीडित ७० मुसहर परिवारलाई राहत वितरण गरेका छन् ।

प्रचण्डले राहत वितरण सकिएपछि पुनर्स्थापनाको काम सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij