२५ साउन, धरान । बिहे गरेर धरानमा आएकी म्यानमार (बर्मा) की चेली घर निकालामा परेकी छन् ।
धरान – १० मा बस्दै आएकी ३१ बर्षीया मिन्जु याङलाई उनका श्रीमान् इसुन राई, सासू गंगा र आमाजू बरुणाले कुटपिट गरी घरनिकाला गरेका हुन् ।
मिन्जु दुई बर्षअघि स्थानीय इसुनसँग विवाह गरी धरान आएकी थिइन् ।
एक बर्षको नाबालक छोरा अलग्याएर आफूलाई कुटपिट गरी घरनिकाला गरेपछि बिचल्लीमा परेको मिन्जुले बताइन् ।
सिंगापुरमा रोजगारी गर्दै आएकी मिन्जुसँग फेसबुकमा माया बसेपछि २०७२ मा विवाह भएको थियो ।
फेसबुकमा माया बसेपछि मिन्जुले उनलाई सिंगापुरमै बोलाएकी थिइन् । त्यहाँबाट संगै धरान आएर विवाह गरेकोमा इसुनले धोका दिएको उनले बताइन् । आजको अन्नपूर्ण पोस्ट दैनिकबाट