२०८३ साउन ९ शनिबार

दृष्टिविहीनलाई निःशुल्क सेतो छडी

ई आर्थिक    बुधबार, साउन १८ २०७४
3.5K
Shares
दृष्टिविहीनलाई निःशुल्क सेतो छडी

१८ साउन, काठमाडौँ । नेपाल नेत्रहीन सङ्घले आफ्नो रजतजयन्ती वर्षका अवसरमा मुलुकभरका तीन हजार दृष्टिविहीनलाई निःशुल्क सेतो छडी वितरण गर्ने भएको छ ।

दृष्टिविहीनलाई एक्लै हिँड्डुल गर्दा सहयोगी हुने सो सेतो छडी यो वर्ष हालसम्म ५०० जनालाई वितरण गरिसकिएको सङ्घका केन्द्रीय सचिव शिशिर खनालले जानकारी दिनुभयो ।

‘हेल्पिङ ह्यान्ड्स’का सञ्चालक दिनेश थापाको सहयोगमा ती छडी वितरण शुरु भएको हो । चीनबाट ल्याइने ती छडीको प्रतिथान मूल्य रु ७०० देखि एक हजारसम्म पर्छ तर सामान्यतयाः एक वर्ष मात्र टिक्ने भएकाले नियमित वितरण गर्नु परेको सङ्घका कार्यकारी निर्देशक नरबहादुर लिम्बूले बताउनुभयो ।

सङ्घले आगामी माघ ८ गते रजतजयन्ती समारोह र आगामी असोज २७ गते मकवापुरको हेटाँैडामा दशौँ महाधिवेशन गर्दैछ । विसं २०४९ साल माघ ८ मा स्थापित सङ्घको हाल ४७ जिल्ला शाखा र तीन हजार ५०० सदस्य छन् ।

दृष्टिविहीनका लागि निर्वाचनमा विद्युतीय मतदान राख्नुपर्ने, बैंकहरुमा आफँैले खाता खोल्न पाउनुपर्ने, घरजग्गा पासमा साक्षी राखेर मात्र कारोबार गर्ने व्यवस्था हट्नुपर्ने मुद्दा आफूहरुले उठाउँदै आएको नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका महासचिव जगदीशप्रसाद अधिकारीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij