२०८३ साउन ९ शनिबार

ट्रान्सफर्मरमा समस्या आएपछि विद्युत् सेवा बन्द, स्थानीय अन्धकारमा बस्न बाध्य

ई आर्थिक    सोमबार, साउन १६ २०७४
5.8K
Shares
ट्रान्सफर्मरमा समस्या आएपछि विद्युत् सेवा बन्द, स्थानीय अन्धकारमा बस्न बाध्य

१६ असार, बैतडी। सुर्नया गाउँपालिका–८ स्थित कठमाडीगाड लघुजलविद्युत् आयोजना बन्द हुँदा स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

विद्युत्को ट्रान्सफर्मरमा समस्या आएपछि विद्युत् सेवा बन्द भएको हो । वडा नं ८ का वडाध्यक्ष आनन्दसिंह बोहराका अनुसार २८ किलोवाट क्षमताको सो आयोजना बन्द भएपछि यहाँका १२० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् । अहिले कठमाडीगाड आयोजनाबाट १४ किलोवाट विद्युत् मात्रै उत्पादन भइरहेको छ ।

अवरुद्ध विद्युत् सेवा सञ्चालनका लागि सुर्नया गाउँपालिकाका अध्यक्षमार्फत विद्युत् प्राधिकरणसँग आग्रह गरेको वडाध्यक्ष बोहराले बताउनुभयो । तीन दिनदेखि सो ठाउँमा विद्युत् सेवा अवरुद्ध छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij