१६ असार, काठमाडौं । सेञ्चुरी कर्मसियल बैंकले आजबाट शेयर बिक्री खुल्ला गरेको छ ।
बैंकले हाल कायम रहेको चुक्ता पुंजीको ४० प्रतिशत अर्थात अंकित मुल्य एक सय रुपैयाँ कायम रहनेगरी एक अर्ब ८८ करोड ५४ लाख २५ हजार सात सय रुपैयाँ बराबरको एक करोड ८८ लाख ५४ हजार दुुई सय ५७ कित्ता हकप्रद शेयर बिक्री खुुल्ला गरेको हो । हकप्रद भर्ने अन्तिम म्याद भदौ १८ गते तोकिएको छ । यसमा असार २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सीटीसी मल सुन्धारा स्थित बिक्री प्रबन्धकको कार्यालय र सेन्चुरी बैंकको केन्द्रीय कार्यालयसहित सम्पूर्ण शाखाबाट यो हकप्रदमा आवेदन दिन सक्नेछन् ।
बैंकले क्षेत्रियस्तरको इनोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेपश्चात बैंकको चुक्ता पुंजी चार अर्ब ७१ करोड रुपैयाँ पुुगेको छ ।
सेन्चुरीले असार ३१ गतेदेखि सगरमाथा फाइनान्सलाई एक्वायर गरेर एकीकृत कारोबार सुरु गरीसकेको छ । तर यो हकप्रदमा भने सगरमाथा फाइनान्सका सेयरधनीले आवेदन दिन पाउने छैनन् । सेन्चुरी पुँजी वृिद्धकै लागि अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई एक्वायर गर्ने प्रकृयामा छ ।
सेन्चुरीको हाल चुक्ता पुँजी ४ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ छ । हकप्रद शेयर बिक्री पश्चात बैंकको चुक्ता पुंजी छ अर्ब ६० करोड रुपैयाँ पुुग्ने छ । राष्ट्र बैंकको निर्देशन अनुसार बाँणिज्य बैंकहरुले न्युुनतम आठ अर्ब रुपैयाँ चुक्ता पुंजी कायम गर्नुुपर्ने छ । अल्पाइन र सेतीलाई एक्वायर गरेपछि बैंकको चुक्ता पुँजी अझ बढ्नेछ ।