२०८३ साउन ९ शनिबार

लोडसेडिङलाई कमाइ खाने भाँडो बनाउन दिन्न : नवनियुक्त ऊर्जामन्त्री साही

ई आर्थिक    बिहिबार, साउन १२ २०७४
4.4K
Shares
लोडसेडिङलाई कमाइ खाने भाँडो बनाउन दिन्न : नवनियुक्त ऊर्जामन्त्री साही

१२ साउन, काठमाडौँ । नवनियुक्त ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले विद्युत्भार कटौती हुन नदिनु आफ्नो प्रमुख उद्देश्य भएको बताएका छन् ।

मन्त्रालयमा बुधवार पदबहाली गरेलगत्तै उनले भने, “विद्युतभार कटौतीलाई लुट्ने, ‘कमाइ खाने भाँडो’ र ‘दुहुनो गाई’का रुपमा प्रयोग गरेका छन् । अब कसैले यसबाट दूध खान पाउँदैनन् । कसैले दुध खाने सोच राखेको छ भने उ सधैँ भरीलाई दूध खानबाट वञ्चित हुन्छ ।”

उनले विद्युतभार कटौती अन्त्य गरेर मात्रै नपुग्ने र माग पूर्तिका लागि विद्युत् उत्पादनमा जोड दिनुपर्ने बताए । सरकारी र राष्ट्रिय पूँजीपतिवर्गसँग रहेको रकमलाई उपयोग गरी विद्युत् उत्पादनलाई पहिलो प्राथमिकता दिइने उनले बताएका छन् । मन्त्री शाहीले राष्ट्रिय लगानीले मात्रै जलविद्युत् उत्पादनको पूर्ति नहुने भएकाले आवश्यकता अनुसार विदेशी लगानी भित्र्याइने स्पष्ट पारेका छन् ।

उनले मन्त्रालय मातहतका निकायका प्रमुख र कर्मचारीलाई इमान्दारीतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए । कालीकोट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित शाही जनयुद्धकालमा माओवादी लडाकुको डिभिजन कमाण्डर थिए । एसएलसीसम्मको अध्ययन गरेका शाही ४१ वर्षका भए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij