२०८३ साउन ९ शनिबार

स्याङ्जामा स्वाइन फ्लुले एकजनाको मृत्यु, सचेत रहन आग्रह

ई आर्थिक    बिहिबार, साउन १२ २०७४
4.2K
Shares
स्याङ्जामा स्वाइन फ्लुले एकजनाको मृत्यु, सचेत रहन आग्रह

१२ साउन, स्याङ्जा । स्वाइन फ्लुबाट स्याङ्जामा एकजनाको ज्यान गएको छ ।

स्वाइन फ्लुका कारण वालिङ–९ का ४९ वर्षका खुमप्रकाश अर्यालको ज्यान गएको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । उनको टिचिङ अस्पताल महाराजगञ्ज काठमाडौंमा उपचारको क्रममा ज्यान गएको बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छ । साथै वालिङ प्राथमिक स्वास्थ्य केन्द्रले सचेत रहन सबैसँग आग्रह गरेको छ ।

अर्याल वालिङमा उपचार गरी पोखरा हुँदै काठमाडौं उपचारका लागि पुगेका थिए । केही हप्तादेखि वालिङ तथा आसपासमा ज्वरोका बिरामी बढेका छन् । वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक ६०र७० जना ज्वरोका बिरामी आउने गरेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij