२०८३ साउन ९ शनिबार

श्रीमतीको हत्या गरी श्रीमान्ले गरे प्रहरीमा आत्मसमर्पण

ई आर्थिक    बुधबार, साउन ११ २०७४
5.4K
Shares
श्रीमतीको हत्या गरी श्रीमान्ले गरे प्रहरीमा आत्मसमर्पण

११ साउन, इनरुवा। सुनसरीको कोशी गाउँपालिकामा आज एक श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेको छ ।

तीस वर्षीय रामकुमार यादवले आफ्नै श्रीमती २७ वर्षीया संगीता यादवको हत्या गरेपछि भाण्टाबारी प्रहरी चौकीमा आत्मसमर्पण गरेका छन् ।

प्राप्त सूचनाका आधारमा घटनास्थलमा पुगेका प्रहरी टोलीले कोशी गाउँपालिका–१ राजापोखरी भन्ने स्थानमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

यादवले ससुराली पक्षको तनावका कारण आफूले श्रीमतीको हत्या गरेको बयान प्रहरी समक्ष दिएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij