२०८३ साउन ९ शनिबार

जुम्लामा सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रममा उत्कृष्ट पाँच महिला पुरस्कृत

ई आर्थिक    सोमबार, साउन ९ २०७४
5.2K
Shares
जुम्लामा सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रममा उत्कृष्ट पाँच महिला पुरस्कृत

९ साउन,  जुम्ला । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सञ्चालित तीनमहिने मोबाइल मर्मत तथा हाते होजियारी तालीममा यहाँका पाँच उत्कृष्ट महिला पुरस्कृत भएका छन् ।

महिला तथा बालबालिका कार्यालय जुम्लाको आयोजनामा आइतबार पाँच उत्कृष्ट महिला पुरस्कृत भएका हुन् । पुरस्कृत हुने महिलामा मोबाइल मर्मतमा उत्कृष्टता देखाउने अष्टा भण्डारी र राज्यदेवी बुढा तथा हाते होजियारीमा राम्रो सीप प्रदर्शन गर्ने नीमा पुटिन लामा, सरिता भारती र रीता रोकाया रहेका छन् ।

उत्कृष्ट हुने पाँचै जनालाई निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जनही रु तीन÷तीन हजार नगद र प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij