२०८३ साउन ९ शनिबार

भारतको प्रस्ताव नेपालद्वारा ठाडै अस्वीकार

ई आर्थिक    बुधबार, साउन ४ २०७४
5.2K
Shares
भारतको प्रस्ताव नेपालद्वारा ठाडै अस्वीकार

४ साउन, काठमाडौं । दक्षिण एसियाली मुलुकमा खुला आकास नीति लागू गर्ने भारतको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ ।

भारतले नेपालसहित सार्क क्षेत्रका अन्य ७ मुलुकमा खुला आकास नीति लागू गर्ने प्रस्ताव गरेको थियो । एक महिनाअघि परराष्ट्र मन्त्रालयमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा यस्तो प्रस्ताव आएको थियो ।

यसअघि दक्षिण एसियाली सहयोग संगठन (सार्क) सम्मेलनमा पनि यो विषयले प्रवेश पाएको थियो ।

“भारतले राखेको प्रस्ताव सकारात्मक भए पनि अहिले यो नेपालले धान्न नसक्ने भएकोले अस्वीकार गरेका हौं,” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हवाई महाशाखा प्रमुख तथा सहसचिव बुद्धिसागर लामिछानेले भने ।

भारतसँग उडान गर्न खुला आकास नीतिजस्तै साताको ३० हजार सिट क्षमता उपलब्ध छ । “हामीले नेपालको पूर्वाधार तयार नभइसकेकाले अहिले यो विषयमा सहमति दिननसक्ने जानकारी गराएका छौं,” लामिछानेले भने ।

युरोपमा खुला आकास नीति सफल भए पनि अन्य क्षेत्रमा खासै सफल नभएको लामिछानेले बताए । युरोपमा एउटै मुद्रा तथा संस्कृति, भाषा समेत प्रायः मिल्ने भएकोले युरोपमा जस्तो दक्षिण एसियामा नहुने लामिछानेको तर्क छ । हाम्रो क्षेत्रमा एउटै मुद्रा चलाउने हो भने यस्ता विषयहरू सहज हुने लामिछानेको भनाइ छ ।

भारत, नेपाल, भुटान, पाकिस्तान, माल्दिभ्स, अफगानिस्तान, बंगलादेश, श्रीलंकामा एक देशबाट अर्को देशमा उडान गर्न कुनै पनि अनुमति लिनु नपर्नेगरी भारतले खुला आकास नीतिको प्रस्ताव गरेको हो ।

नेपालको सबैभन्दा मुख्य समस्या नै कमजोर पूर्वाधार निर्माण रहेकोले पनि खुला आकास नीति तत्काल लागू गर्न नसक्ने अवस्था छ । नेपालमा एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । अहिले नै विमानस्थलले चाप थेग्न नसकेकाले खुला आकास नीति लिन नसक्ने भएको हो । आजको कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij