२०८३ साउन ९ शनिबार

चीनलाई नदी बेसिन नै दिने माओवादी केन्द्रको प्रस्ताव

ई आर्थिक    मंगलबार, साउन ३ २०७४
6.3K
Shares
चीनलाई नदी बेसिन नै दिने माओवादी केन्द्रको प्रस्ताव

३ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले छिमेकी राष्ट्र चीनलाई आगामी १० वर्षभित्र निर्माण सम्पन्न गर्ने जलविद्युत उत्पादनका लागि एउटा नदी बेसिन दिने प्रस्ताव गरेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमवार राजधानीमा सार्वजनिक गरेको जलस्रोत तथा उर्जासम्बन्धी नीति तथा कार्यक्रममा माओवादीले ५ हजार मेगावाट उत्पादन गर्ने गरी नदी बेसिन दिन प्रस्ताव गरेको छ ।

माओवादी जलस्रोत तथा उर्जा विभागले तयार पारेको कार्यक्रममा कुन नदी दिने भन्ने उल्लेख छैन ।

तर, २० अर्ब अमेरिकी डलर अर्थात २० खर्बभन्दा बढी ऋण चीन सरकारलगायतबाट लिने व्यबस्थाका लागि अनुरोध गर्ने वा चीन सरकारलाई एउटा सानो नदी बेसिन दिएर करिब ५ हजार मेगावाट विद्युत आगामी १० वर्षभित्र बनाउन निर्माण र हस्तान्तरण -बिटी) नीति बनाई बनाउन दिने विषयमा ब्यापक छलफल गरी राष्ट्रिय रुपमा नै सहमति बनाउनु उपयुक्त हुने देखिएको उल्लेख छ ।

चीनसँग ऊर्जालाई जोड्न रसुवागढी–केरुङ प्रसारणलाइन छिटो निर्माण गर्नुपर्ने भन्दै नीति तथा कार्यक्रममा चीन र बंगलादेशबाट इन्धन आयातमा जोड दिइएको छ ।

हाल नेपालमा इन्धनमा भारतसँग शतप्रतिशत निर्भर रहेकोमा नीति तथा कार्यक्रमले ५० प्रतिशतभन्दा बढी निर्भर हुन नहुने तथा इन्धन लगायतका अन्य प्रयोजनका लागि ताप्लेजुङको ओलाङ्चुङगोला, संखुवासभाको किमाथांका, दोलखाको लामाबगर, गोरखाको लार्केपास, मुस्ताङको कोरला तथा मुगुको यारी, हुम्लाको हिल्सा जस्ता चीनसँग जोड्ने अन्य नाका खुलाउनुपर्ने उल्लेख छ । जलविद्युत् आयोजनाका लागि निर्माण सामग्री र इन्धन भारतबाट सम्भव नभएमा चीनबाट ल्याउनुपर्ने उल्लेख छ । आजको कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij