३० असार, मकवानपुर । भन्सार छली ल्याएको डेढ किलो भन्दा बढी सुनसहित एक भारतीय नागरिक मकवानपुरबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारण जटियाही पोष्ट जकीयारी बस्ने ३५ वर्षीय सुमन कुमार रहेका छन् ।
काठमाडौंबाट वीरगञ्ज तर्फ जाँदै गरेको ना १ ज ४०२९ को टाटा सुमोलाई हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेस्थित प्रहरी चेकपोष्टमा शुक्रबार बिहान साढे सात बजे जाँच गर्दा सुनसहित भारतीय नागरिक पक्राउ परेका हुन् ।
उनको साथबाट १ किलो ५१६ ग्राम सुन बरामद भएको र यसको बजार मूल्य ७० लाख ५९ हजार रुपैयाँ पर्ने बताइएको छ ।