२०८३ साउन १२ मंगलबार

धनकुटा १ नं प्रदेशको राजधानी बन्नसक्ने : अध्यक्ष ओली

ई आर्थिक    शनिबार, असार २४ २०७४
4.5K
Shares
धनकुटा १ नं प्रदेशको राजधानी बन्नसक्ने : अध्यक्ष ओली

२४ असार, धनकुटा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले धनकुटा १ नं प्रदेशको राजधानी बन्नसक्ने सम्भावना बढेको बताउनुभएको छ ।

धनकुटाका स्थानीय तहका विजयी पदाधिकारीलाई बधाई दिन आज धनकुटा सदरमुकाममा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले धनकुटाका सातवटै स्थानीय तहको निर्वाचनमा एकछत्र विजय गरेका कारण एमाले धनकुटाको पक्षमा रहेको बताउनुभयो ।

स्थानीय तहमा एमालेविरुद्ध देशभरि भएका विभिन्न गठबन्धनले परास्त गर्न नसकेको भन्दै ओलीले नेकपा (एमाले) नेपालको स्थानीय सरकार सञ्चालन गर्ने स्थानीय तहमा विजयी भई पहिलो पार्टी हुन सफल भएको बताउनुभयो ।

एमालेले धनकुटा जिल्लाका सातवटै स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा विजय हासिल गरेको भन्दै नेपालभरिको स्थानीय तहको निर्वाचनमा धनकुटाको विशेष स्थान रहेको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij