२०८३ साउन ९ शनिबार

यस वर्ष रक्षाबन्धन नागपञ्चमीमै, किन भयो यस्तो ?

ई आर्थिक    आइतबार, असार १८ २०७४
3K
Shares
यस वर्ष रक्षाबन्धन नागपञ्चमीमै, किन भयो यस्तो ?

१८ असार, काठमाडौं । यस वर्ष साउन शुक्ल पूर्णिमाका दिन चन्द्रग्रहण परेकाले ऋषि तर्पणी एवम् रक्षाबन्धन पर्व साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीकै दिन मनाइने भएको छ ।

साउन २३ गते शुक्ल पूर्णिमाका दिन राति १२ बजेअघि चन्द्र ग्रहण सुरु हुने भएकाले शास्त्रीय प्रमाणका आधारमा शुक्ल पञ्चमीमै यो पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

साउन २३ गते सोमबार राति ११ बजेर ७ मिनेटमा खण्डग्रास चन्द्र ग्रहणले स्पर्श गर्नेछ । ग्रहणको मध्यराति १२ बजेर ६ मिनेटमा र मोक्ष राति १ बजेर चार मिनेटमा हुने समितिले जनाएको छ ।

यसअघि २०२८ सालमा पनि पूर्णिमाका दिन चन्द्र ग्रहण परेपछि नागपञ्चमीकै दिन रक्षाबन्धन र ऋषि तर्पणी पर्व मनाइएको समिति जनाएको छ ।

असार २४ गते नै रक्षाबन्धन भनी केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेको टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाउँदै समितिले आधिकारिक रूपमा साउन १३ गते नागपञ्चमीका दिन पर्व मनाउने निर्णय सर्वसम्मत रूपमा गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij