१६ असार, लिबाङ । रोल्पाको दुइखोली गाउँपालिका ३ नम्बर वडाको कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले बराबर मत ल्याएपछि चिठ्ठा टिपेर छिनोफानो गरिएको छ। माओवादीका झपिराम डाँगी र कांग्रेसका भिमबहादुर खत्रीले ४९१–४९१ मत ल्याउनु भएको थियो। चिट्ठा टिपेर डाँगी बिजयी हुनु भएको हो।
उहाँको प्यानलका सदस्यले भने मत अग्रताबाट जित्नु भएको हो। वडा नं १ र २ मा माओवादी केन्द्रबाटै विजयी भैसक्नु भएको छ। गाउँपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम गरिरहनु भएको छ।