२०८३ साउन ९ शनिबार

माथिल्लो साञ्जेन जलविद्युत्को निर्माण ५५ प्रतिशत पूरा

ई आर्थिक    आइतबार, असार ४ २०७४
3.1K
Shares
माथिल्लो साञ्जेन जलविद्युत्को निर्माण ५५ प्रतिशत पूरा

४ असार, रसुवा । उत्तरी रसुवाको चिलिमे क्षेत्रमा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण कार्य ५० प्रतिशत बढी काम पूरा भएको छ ।

साञ्जेन माथिल्लो जलविद्युत् आयोजनाका प्रमुख सुदनसिंह महतका अनुसार १४दशमलव आठ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजाको विद्युत् गृहमा एक हजार ३८७ मिटर सुरुङ खन्ने काम सकिएको, मुहान स्थल तिलोचेमा बाँध बाँध्ने काम ९५ प्रतिशत सकिएको र सिम्बु गाउँमा रहने विद्युत् गृहको निर्माण कार्य अगाडि बढिसकेकाले आयोजनाको समग्र कार्य ५५ प्रतिशत पूरा भएको हो ।

आगामी एक वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माणको काम छिटोछरितो भइरहेको काममा संलग्न आयोजनाका प्राविधिकले बताएका छन् ।

यस्तै एउटै पानीले रनर घुम्ने ४२ दशमलव तीन मेगावाटको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण कार्य पनि तीव्र रुपमा अगाडि बढिरहेको र हालसम्म दुई हजार २०० मिटर सुरुङ खन्ने काम पूरा भइसकेको आयोजनाका प्रशासकीय अधिकृत एवम् समन्वयकर्ता सुनिलप्रसाद रेग्मीले जानकारी दिनुभयो । प्राविधिकका अनुसार सुरुङको लम्बाइ चार हजार २०० मिटर रहेको छ ।

यसैगरी, उत्तरी रसुवाको सीमावर्ती क्षेत्र थुमनमा निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ निर्माण ४० प्रतिशतको हाराहारीमा पुगिसकेको सम्बद्ध प्राविधिकले जनाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij