२०८३ साउन ९ शनिबार

मध्यपश्चिम विविले निजी शिक्षण संस्थालाई सम्बन्धन दिने

ई आर्थिक    मंगलबार, जेष्ठ ३० २०७४
7.4K
Shares
मध्यपश्चिम विविले निजी शिक्षण संस्थालाई सम्बन्धन दिने

३० जेठ, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले निजी शैक्षिक संस्थालाई सम्बन्धन दिने प्रक्रिया शुरू गरेको छ । बर्सेनि नेपालबाट लाखौँ विद्यार्थी उच्च शिक्षाका लागि विदेशिनुका साथै अर्बौंको धनराशि बाहिरिने हुँदा यसलाई रोक्न विश्वविद्यालयले निजी शैक्षिक संस्थालाई सम्बन्धन दिने प्रक्रिया शुरू गर्न लागेको हो ।

विश्वविद्यालयका रजिष्ट्रार डा महेन्द्रकुमार मल्लले विश्वविद्यालयलाई आवश्यक दक्ष जनशक्ति उत्पादन तथा परिपूर्ति गर्न स्तरीय निजी शैक्षिक संस्थालाई सम्बन्धन दिने प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन् । उनले अन्तरराष्ट्रियस्तरको उच्च शिक्षा यसै वर्षदेखि सुर्खेतमै हुन लागेको बताए । सम्बन्धन नीति–२०७३ र मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्द्वारा पारित कार्यविधि–२०७४ को अधिनमा रही उक्त कार्य अघि बढाइएको छ ।

मल्लका अनुसार ‘सरकारले १८ मध्ये १० ओटा क्याम्पसलाई यसअघि नै स्वीकृति गरिसकेको छ, उक्त स्वीकृति पूँजीगत मात्र भएकाले दरबन्दीसहितको प्रक्रिया पूरा गर्न अहिले विश्वविद्यालय अनुदान आयोगमार्फत विश्वविद्यालयले आवश्यक गृहकार्य गरिरहेको छ ।’ मध्यपश्चिमका १८ ओटा सामुदायिक क्याम्पसलाई आङ्गिक क्याम्पसको मान्यता दिएको विश्वविद्यालयले इञ्जिनियरिङ र व्यवस्थापन सङ्काय सञ्चालनका लागि पनि निजी शैक्षिक संस्थालाई मान्यता दिन लागेको हो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij