२०८३ साउन ९ शनिबार

नापतौल चेकजाँच नै नगरी सामान बिक्री गर्ने व्यापारी कारबाहीमा

ई आर्थिक    शुक्रबार, जेष्ठ २६ २०७४
3.1K
Shares
नापतौल चेकजाँच नै नगरी सामान बिक्री गर्ने व्यापारी कारबाहीमा

२६ जेठ, काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले नापतौल चेकजाँच नगरी सामान बिक्री गर्ने व्यापारीलाई कारबाहीको प्रक्रिया जारी राखेको छ । कार्यालयका प्रमुख शशीभूषणकुमार यादवले भन्नुभयो, “धेरै व्यापारीले नापतौल चेकजाँच नै नगरी सामान बिक्री वितरण गरेको पाइयो, त्यस्तोलाई कारबाही अगाडि बढाएका छौँ ।”

कार्यालयले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म चेकजाँच र नयाँ अनुमति वितरणबाट रु ९८ लाख सात हजार ७३८ राजस्व सङ्कलन गरेको छ । १० हजार ५७८ साधन चेकजाँच तथा नयाँ अनुमति वितरणबाट उक्त राजस्व सङ्कलन भएको हो ।

कार्यालयले नापतौल यन्त्र नयाँ अनुमति तथा इजाजत वितरण, नापतौल यन्त्र चेकजाँच, पेट्रोलियम पदार्थ वितरण पम्प चेकजाँच, सवारी ट्याङ्क जाँच लगायत कार्य गर्दै आएको छ ।

यस्तै वैशाख महिनामा काभ्रेपलाञ्चोक जिल्लामा ३५० फर्म, काठमाडौँको वनस्थलीमा १० फर्म र बूढानीलकण्ठ तथा वसुन्धरा क्षेत्रमा सातवटा फर्म अनुगमन गरी नियम विपरीत सञ्चालन गरेको भन्दै रोक्का गरिएकोे थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij