२०८३ साउन ९ शनिबार

दुबईमा २५ वर्षीया नेपाली युवतीको बिभत्स हत्या, शंका नेपाली युवकमाथि

ई आर्थिक    सोमबार, जेष्ठ २२ २०७४
4.2K
Shares
दुबईमा २५ वर्षीया नेपाली युवतीको बिभत्स हत्या, शंका नेपाली युवकमाथि

२२ जेठ, काठमाडौं । यूएईको दुबईमा भोताङ-८ सिन्धुपाल्चोककी २५ वर्षीया लप्साङ तामाङको मे २० मा हत्या भएको नेपाली दूतावासले जनाएको छ। अबदाबीस्थित नेपाली दूतावासका प्रवक्ता कृष्ण अर्यालका अनुसार हत्यामा संलग्न आशंकामा भोताङ ८ कै बुले तामाङलाई पक्राउ गरिएको छ।

‘घटनाको छानबिन भइरहेकाले प्रहरीले पूर्ण विवरण उपलब्ध गराएको छैन,’ अर्यालले भने। हत्या गरेको लप्साङको शव ‘इमिरेट्स हिल’मा फेला परेको दूतावासले जनाएको छ।

घरेलु कामदारको रूपमा कार्यरत बुले तामाङ लप्साङकै गाउँका हुन्। लप्साङ चार वर्षदेखि दुबईमा कार्यरत थिइन्।अाजकाे कान्तिपूर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij