२०८३ भाद्र ३० मंगलबार

एमालेद्वारा स्थानीय तहको संख्या थप्ने सरकारी निर्णयको चर्को बिरोध

ई आर्थिक    मंगलबार, जेष्ठ ९ २०७४
3.5K
Shares
एमालेद्वारा स्थानीय तहको संख्या थप्ने सरकारी निर्णयको चर्को बिरोध

९ जेठ, काठमाडौं । सिमाना हेरफेर गर्दै तराई मधेशमा स्थानीय तहको संख्या थप्ने सरकारको निर्णयको प्रमुख प्रतिपक्षी एमालेले चर्को विरोध गरेको छ ।

संसद बैठक स्थगित गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको शीर्ष तीन दलको बैठकमा एमालेले दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्ने गरि सरकारले स्थानीय तहको संख्या थप्ने काम गरेको आरोप लगाएको छ ।

दोस्रो चरणको निर्वाचनको मिति घोषणा भईसकेको अवस्थामा स्थानीय तहको संख्या थप्ने सरकारको निर्णयमा सहमत हुन नसक्ने एमालेले जनाएको छ । आन्दोलनरत मधेश केन्द्रित दललाई निर्वाचनमा सहभागि गराउन भन्दै सरकारले तराई मधेशका जिल्लामा दूई महानगरसहित २३ स्थानीय तह संख्या थप्ने निर्णय गरेको थियो ।

बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको बीचमा एमालेले जित्ने ठाउँमा हार्ने गरि सीमांकन परिवर्तन गरिएको भन्दै त्यस निर्णयमा सहमत हुन नसक्ने बताउनुभयो । स्थानीय तहको संख्या विषयमा एमालेले कुनै आपत्ती नभएपनि त्यो संविधान र कानुन सम्मत हुन पर्नेमा उहाँको जोड थियो । सरकारको पछिल्लो कार्यशैली प्रति चर्को असन्तुष्टि ब्यक्त गर्दै एमाले अध्यक्ष ओलीले तत्कालिन समयमा विराटनगर र वीरगञ्जमा स्थानीय तह संख्या थप्ने आफुले प्रस्ताव गर्दा कंग्रेसले नमानेको आरोप लगाउनुभयो ।

माओबादी केन्द्रका नेता कृण्णबहादुर महराले शीर्ष दलको बैठकमा आगामी आर्थिक बर्षका बजेटका बिषयमा जानकारी गराएको बताउनुभयो । अर्थमन्त्री समेत रहेका महराले निर्वाचनको बीचमा आचारसंहिता पालना गर्ने गरि बजेट ल्याउन लागिएको शीर्ष नेता समक्ष जानकारी गराएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij