२०८३ साउन ९ शनिबार

गणतन्त्र दिवस जनताको सहभागितामा मनाउनुपर्छ –प्रधानमन्त्री

ई आर्थिक    सोमबार, जेष्ठ ८ २०७४
6.8K
Shares
गणतन्त्र दिवस जनताको सहभागितामा मनाउनुपर्छ –प्रधानमन्त्री

८ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ १५ गतेको गणतन्त्र दिवसलाई जनताको सहभागितामा विविध कार्यक्रमसहित भव्यरुपमा मनाइने बताउनुभएको छ ।

‘गणतन्त्र दिवस मूल समारोह समिति’ को सिंहदरबारस्थित गृह मन्त्रालयमा आज बसेको बैठकलाई सम्बोेधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले गणतन्त्र दिवस मनाउने नाममा औपचारिता मात्र पूरा गर्नेभन्दा पनि जनताको माझमा जनता सँगसँगै बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गणतन्त्र दिवस नेपालको इतिहासमा युगान्तकारी दिन भएकाले सबैको सल्लाह र सुझावका आधारमा दिवसलाई व्यवस्थित, सभ्य र भव्य रूपमा मनाउने उहाँको भनाइ छ ।

“कसैले जिल्ने वा हार्नेभन्दा पनि पहिलो चरणको निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित रुपमा सम्पन्न हुनु नै देशले जित्नु हो, यो निर्वाचन अत्यन्तै शान्तिपूर्ण र धाँधलीरहित रुपमा सम्पन्न हुनु नै ठूलो कुरा हो” – प्रधानमन्त्री ‘प्रचण्ड’ ले भन्नुभयो ।

पहिलो चरणको निर्वाचन जसरी दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण तरिकाले सम्पन्न गर्दै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ ।

बैठकमा सभामुख ओनसरी घर्ती र उपप्रधान ताथ गृहमन्त्री विमलेन्द्र निधिलगायत उपस्थित हुनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij