२०८३ भाद्र ३० मंगलबार

सबैभन्दा बढी ८३ प्रतिशत मतदान भक्तपुरमा मतगणना आजदेखि

ई आर्थिक    सोमबार, जेष्ठ १ २०७४
4.8K
Shares
सबैभन्दा बढी ८३ प्रतिशत मतदान भक्तपुरमा मतगणना आजदेखि

१ जेठ, भक्तपुर । पहिलो चरणको स्थानीय तहको निर्वाचन ३४ जिल्लाको २८१ मतदान केन्द्रमा भएको मतदानमा भक्तपुरमा देशभरबाटै बढी ८३ प्रतिशत मत खसेको छ ।

भक्तपुरको चार वटा नगरपालिकामा भएको मतदानमा ८३ प्रतिशत मत खसेको र यो देशभरकै बढी रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी उमेश राईले जानकारी दिनुभयो । भक्तपुरमा कुल एक लाख ६१ हजार ५२९ मतदाता रहेकामा कुल एक लाख ३१ हजार ९५८ मत खसेको छ ।

जिल्लाको भक्तपुर, मध्यपुर, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका मतगणना भने आजदेखि मात्रै हुने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij