२०८३ साउन ११ सोमबार

निर्वाचनमा नियम मिच्ने ३३ सय सवारीसाधन कारबाहीविनै छाडियो

ई आर्थिक    सोमबार, जेष्ठ १ २०७४
7.3K
Shares
निर्वाचनमा नियम मिच्ने ३३ सय सवारीसाधन कारबाहीविनै छाडियो

१ जेठ, काठमाडौं । नियम मिचेर विनापास चलाइएका ३३ सय यातायातका साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । तर, ती सवारीसाधनलाई कारबाहीविनै छाडिएको प्रहरीले जनाएको छ । मतदानको दिन विनापास चलाइएका विभिन्न सवारीसाधन नियन्त्रणमा लिइए पनि सबै कारबाहीविनै छाडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीले बिहान ७ देखि बेलुका ७ बजेसम्म १२ घन्टामा तीन हजारभन्दा बढी विभिन्न सवारीसाधन नियन्त्रणमा लिएको महाशाखाका डिआइजी मिङमार लामाले बताए । ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा सबैभन्दा बढी काठमाडौंबाट सवारीसाधन नियन्त्रणमा लिइएको छ । ट्राफिक प्रहरीले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ठाउँबाट सवारीसाधन नियन्त्रणमा लिएको थियो ।

सबैभन्दा धेरै मोटरसाइकल नियन्त्रण
विनापास चलाउनेमा सबैभन्दा धेरै मोटरसाइकल रहेका छन् । ट्राफिक प्रहरीले उपत्यकाबाट मोटरसाइकल ३११९, कार १२६, बस १८, ट्रक १९, मिनी ट्रक एक, माइक्रो नौ र अन्य आठवटा विभिन्न किसिमका सवारीसाधन नियन्त्रणमा लिएको थियो । प्रहरी कार्यालयमा दिनभरि नियन्त्रणमा राखेर सबै यातायातका साधन छाडिएको थियो ।

निर्वाचनका दिन आइतबार अनुमतिपत्र लिएकाबाहेक अन्य यातायातका साधन चलाउन रोक लगाएको थियो । आचारसंहिताविपरीत सवारीसाधन चलाइएको पाइएमा २५ हजार रुपैयाँसम्म जरिवाना लिन सक्ने व्यवस्था गरेको थियो । निषेधित क्षेत्रमा सवारीसाधन चलाएमा ट्राफिक प्रहरीले पाँच सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना लिन सक्ने व्यवस्था छ । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij