२०८३ साउन ९ शनिबार

सप्तरीका दुई सवारी दुर्घटनामा ११ जना घाइते

ई आर्थिक    बुधबार, बैशाख २७ २०७४
5.8K
Shares
सप्तरीका दुई सवारी दुर्घटनामा ११ जना घाइते

२७ वैशाख, राजविराज । सप्तरीका दुई छुट्टाछुट्टै स्थानमा मङ्गलबार भएका सवारी दर्घटनामा परी ११ जना यात्रु घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ४ ख ८२३ नंको हाइस माइक्रोबस अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार पाँचजना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा काठमाडौँ कोटेश्वर–४ बस्ने ४० वर्षीया कल्पना सुवेदी, झापा धुलाबारी–८ बस्ने ३९ वर्षीया कौशिला शेर्पा, झापाकै भद्रपुर–८ बस्ने ५ वर्षीया राधिका पौडेल, ५५ वर्षीय मुकुन्द पौडेल, रसुवा लहरे पौवा–२ बस्ने ४० वर्षीय बलराम पौडेल रहेका छन् ।

उनीहरुको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ भने गाडी र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस्तै, पूर्व–पश्चिम राजमार्गमै पर्ने शम्भुनाथ नगरपालिका–८ मा हिलेबाट काठमाडाँै जाँदै गरेको बा ४ ख ५१८३ नंको हाइस माइक्रोबस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित छजना यात्रु घाइते भएका छन् ।

घाइते हुनेमा भोजपुर चरम्बी–६ बस्ने २१ वर्षीया प्रमिला चौलागार्इं, सोही ठाउँका ४७ वर्षीय रबिलाल विश्वकर्मा, धनकुटाको धनकुटा नगरपालिका–१ बस्ने ४६ वर्षीय दिलबहादुर नेपाली, चालक रामेछाप लखनपुर–७ बस्ने ३९ वर्षीय राम तामाङ, भोजपुर देउराली–९ बस्ने ३६ वर्षीया तुलसी राई र दोलखा सहरे–६ बस्ने ३४ वर्षीय सन्तोष नेपाल रहेका छन् ।

घाइतेमध्ये प्रमिला, रबिलाल र दिल बहादुरको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij