२०८३ साउन ९ शनिबार

दुई दिनदेखि बेपत्ता नयाँ शक्ति नेपालका नेता गिरी प्रहरी सम्पर्कमा

ई आर्थिक    शुक्रबार, बैशाख २२ २०७४
4.8K
Shares
दुई दिनदेखि बेपत्ता नयाँ शक्ति नेपालका नेता गिरी प्रहरी सम्पर्कमा

२२ वैशाख, काठमाडौं । दुई दिनदेखि बेपत्ता भएका नयाँ शक्ति नेपालका नेता मदन गिरी प्रहरीको सम्पर्कमा आउनु भएको छ ।

गत बुधबार बेलुका ७ बजेदेखि सम्पर्कविहीन भएका नागार्जुन नगरपालिका–७ का नयाँ शक्ति नेपालका अध्यक्षका उम्मेदवार आज बिहानदेखि प्रहरी सम्पर्कमा आउनुभएको हो ।

महानगरीय प्रहरी परिसर र महानगरीय अपराध महाशाखाले आज सयुक्तरुपमा पत्रकार सम्मेलन गरी आज बिहान गोदावरीबाट उहाँ सम्पर्कमा आउनुभएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा परिसरका प्रहरी वरिष्ठ उपरीक्षक छविलाल जोशीले नेपाली सेनाका पूर्व कर्मचारीसमेत रहनुभएका गिरीलाई प्रहरीले गोदावरीबाट सम्पर्कमा ल्याएको बताउनुभयो ।

प्रवउ जोशीले अपहरण वा त्यत्तिकै सम्पर्कविहीन भएको भन्ने बारेमा प्रहरीको अनुसन्धान जारी रहेको बताउनुभयो ।

अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश अमात्यले निर्वाचनको सुरक्षाबारे नेपाल प्रहरी पूर्ण तयारी रहेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij