२१ वैशाख, काठमाडौं । सुनको भाउ आज पनि ह्वातै घटेको छ । प्रतितोला पाँच सय रुपैयाँले भाउ घट्दा ५३ हजार अाठ सय रूपैयाँ कायम भएको छ । हिजाे ५४ हजार तीन सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यसै गरी अाज चाँदीको भाउ पनि घटेको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेर प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।