२०८३ साउन ९ शनिबार

ब्राजिलमा बाढी: सातको मृत्यु, ४८ हजार विस्थापित

ई आर्थिक    मंगलबार, जेष्ठ १६ २०७४
4.1K
Shares
ब्राजिलमा बाढी: सातको मृत्यु, ४८ हजार विस्थापित

१६ जेठ, रियो डि जानेरियो । उत्तरी ब्राजिलमा आएको भीषण बाढीमा परी सात जनाको मृत्यु भएको छ । यस प्रकोपको। कारण ४८ हजार सर्वसाधारण विस्थापित भएका छन् ।

यस बाढीबाट पेर्नाम्बुको प्रदेश अत्यन्त प्रभावित भएको र त्यहाँ दुई जनाको मृत्यु हुनुको साथै ४४ हजार भन्दा बढी विस्थापित भएका अधिकारीहरुले सोमबार जनाएका छन् । त्यसैगरी दुई हजार ६०० घरहरुमा क्षति पुगेको र १५ ओटा सहरलाई आइतबार राज्य संकटको घोषणा गरिएको छ ।

यसैबीच अलागोएज प्रदेशमा बाढी पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये बालबालिका पनि रहेका छन् ।
पेर्नाम्बुको र अलागोएज प्रदेशमा केहीदिन देखि बर्षा भईरहेको छ । त्यस बाहेक पारैबा प्रदेशसहित केही प्रदेशहरुमा पनि बाढी पहिरो आइरहेको जनाइएको छ ।

ब्राजिलका राष्ट्रपति मिचेल टेमरले आइतबार बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी पेर्नाम्बुको प्रदेशका गभर्नर पाउलो कामरासँग भेटेका थिए । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij